बचत खाता सेवा
हाम्रा बचत योजनाहरु
मा
मासिक बचत
- केन्द्रमा आवद्ध सबै सदस्यहरुले मासिक समान रुपमा केन्द्र बैठकको दिन तोकिए बमोजिमको रकम जम्मा गर्नुपर्ने।
- यस बचत खातामा जम्मा भएको रकम सदस्य समूह वा केन्द्रबाट हटेको बखत फिर्ता हुने।
- कुनै सदस्यको रु.२० हजार भन्दा बढी रकम जम्मा भएमा, सम्बन्धित सदस्यले माग गरेमा सो रकम फिर्ता गर्न सकिने।
- समितिले तोके अनुसारको ब्याजदर लागू हुने।
व्य
व्यक्तिगत बचत
- इच्छा अनुसारको रकम जम्मा गर्न तथा झिक्न पाइने।
- यस खाताको रकम अन्य बचत खातामा रकमान्तर गर्न तथा लिएको कर्जाको किस्ता भुक्तानी गर्न समेत प्रयोग गर्न पाइने।
- समितिले तोके अनुसारको ब्याजदर लागू हुने।
मा
मातृत्व बचत
- रु.१०० को गुणाङ्कमा मासिक रुपमा समान रकम बचत गर्नुपर्ने।
- यो बचत गर्ने सदस्यले नियमानुसार मातृत्व कर्जा उपभोग गर्न पाउने।
- मातृत्व कर्जा आवश्यक नपरेमा जम्मा भएको रकम आवश्यकता अनुसार झिक्न सकिने।
- समितिले तोके अनुसारको ब्याजदर लागू हुने।
उ
उन्नती बचत
- सदस्यहरुले एक पटकमा केन्द्र बैठकमा रु.२० हजार र कार्यालयबाट रु.५ लाखसम्म कारोबार गर्न सकिने।
- आवश्यकता अनुसारको रकम राख्न र झिक्न सकिने।
- समितिले तोके अनुसारको ब्याजदर लागू हुने।
ना
नारी पेवा बचत
- छुट्टै खाता खोली रकम जम्मा गर्न सकिने।
- यस बचत खाताको लागि अलग्गै पासबुक वा स्टेटमेन्ट उपलब्ध हुने।
- सम्बन्धित सदस्यको स्वीकृति बिना यस बचत रकमको जानकारी अन्य व्यक्तिलाई नदिइने।
- समितिले तोके अनुसारको ब्याजदर लागू हुने।
अ
अवकास बचत
नयाँ खाता बन्द- हाल यस बचतमा नयाँ खाता खोल्ने सुविधा बन्द गरिएको छ।
- संचालनमा रहेका र नियमित जम्मा भइरहेका १५ वर्षे, १० वर्षे र ५ वर्षे अवधिका मासिक बचतहरु क्रमशः ३८५ गुणा, १९१ गुणा र ७५ गुणाले हुने रकम एकमुष्ठ रुपमा भुक्तानी हुने।
