Call us now +977 01 5388650

कल्याण सेवा

  • सदस्यको पति / पत्नीको मृत्यु
    सदस्यको पति वा पत्नीको मृत्यु भएमा आर्थिक सहयोग रु. ३,०००/– उपलब्ध गराइनेछ।
  • सुत्केरी सहायता
    सदस्यले बच्चा जन्माउँदा रु. ३,००० आर्थिक सहयोग प्रदान गरिनेछ।
  • काजक्रिया सहायता
    नियमित बचत गर्ने सदस्यको मृत्यु भएमा काजक्रिया खर्चका लागि रु. ४,००० आर्थिक सहयोग प्रदान गरिनेछ।
  • प्राकृतिक प्रकोप राहत
    बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक प्रकोपबाट सदस्यको घर वा सम्पत्तिमा क्षति पुगेमा रु. २,५०० राहत सहयोग प्रदान गरिनेछ।
  • एस.ई.ई. उत्कृष्टता पुरस्कार
    एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीमध्ये प्रत्येक शाखाबाट १ जनालाई रु. २,००१ पुरस्कार प्रदान गरिनेछ।
  • व्यवसाय पुनः सञ्चालन सहयोग
    व्यवसायमा ठूलो क्षति पुगेका सदस्यलाई व्यवसाय पुनः सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरिनेछ।
  • राष्ट्रिय संकट सहायता
    नेपाल सरकारले महामारी वा राष्ट्रिय संकट घोषणा गरेको अवस्थामा प्रभावित सदस्यलाई आर्थिक सहयोग प्रदान गरिनेछ। 
 
 

अन्य सेवा

  • एसईई परीक्षामा पुरस्कार:
    कर्मचारीका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई जनही  पुरस्कार प्रदान गरिनेछ। साथै, हरेक शाखाका सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने एकजनालाई पुरस्कार वित्तीय संस्था स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ।
  • संस्थागत सामाजिक उत्तरदायित्व:
    नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समाजसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूमा सबै प्रदेशमा कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  • असहाय विद्यार्थीका लागि छात्रवृत्ति:
    प्रत्येक शाखाका वरपरका आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिनेछ।
  • प्राकृतिक विपद् राहत:
    सदस्यहरूलाई प्राकृतिक विपत्तिबाट व्यवसाय वा घरको क्षति हुँदा  ग्राहक सुरक्षा कोषबाट तत्काल राहत उपलब्ध गराइनेछ।
  • सञ्चार माध्यमबाट चेतना:
    सामाजिक सञ्जाल तथा संचार माध्यमबाट नियमित रूपमा कर्जा भुक्तानी र वित्तीय अनुशासनसम्बन्धी चेतनामूलक सामग्री प्रसारण गरिनेछ।